सरकारकै आदेशमा १ सय २२ ट्रिपर राजधानीमा सरर

(सुरज श्रेष्ठ) धुलिखेल । नेपालको कानून दैवले जानून भन्ने उखान फेरि चरितार्थ भएको छ । दुर्घटना बढेको भन्दै राती ८ बजे अगाडि राजधानीमा टिपर छिर्न रोक लगाएको गृह प्रशासनले भने आफैले १ सय २२ टिपरलाई भने जुनसुकै समयमा पनि गुड्न पाउने अनुमती दिंदै प्रहरीलाई नम्बर तोकेरै परिपत्र गरेको पाइएको छ ।

 

नियम कानून सबैलाई बराबर हुनुपर्ने हो तर गृहले १ सय २२ टिपरलाई अनुमती दिनु र अरुलाई रोक्नुले सरकार माथि प्रश्नचिन्ह खडा भएको बताईन्छ । त्यसो त सरकारले यही भदौं १४ र १५ गते नेपालमा हुन लागेको विमस्टेक सम्मेलनको तयारीका लागि भन्दै १ सय २२ वटा टिपरहरुलाई जुनसुकै समयमा गुड्न अनुमती दिएको बताएको छ ।

 

भौतिक योजना तथा यातायात मन्त्रालयको चलानी नम्बर २२ को पत्र अनुसार यही भदौं १४ र १५ गते काठमाडौंमा आयोजना हुन गईरहेको विमिस्टेक चौथौ शिखर सम्मेलनको तयारीका लागि सडकका खाल्डा खुल्डी पुर्नु पर्ने भएको भन्दै एक कम्पनीका १ सय २२ ट्रक तथा टिपरलाई भाद्र २० गतेसम्म काठमाडौं उपत्यका लगायत काभ्रे, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा जुनसुकै समयमा गुड्न दिनुभन्दै परिपत्र गरेको हो ।

 

कृपा श्री नामक कम्पनीका १ सय २२ टिपरलाई भौतिक तथा यातायात मनत्रालयले भाद्र २० गतेसम्म जुनसकुै समयममा गुड्न अनुमती दिएको हो । अरु व्यवसायीले सरकारको कदमले आफूहरुलाई मर्का परिरहेको बताइरहँदा एक कम्पनीलाई मात्र सवारी आवागमन र ढुवानीमा नरोक्नु र अरुलाई भने उही पुरानै नियम राखेसँगै सरकारी निर्णयको चौथर्फी विरोध सुरु भएको छ ।

 

विमस्टेक सम्मेलन भाद्र १४ र १५ गते हो त्यो भन्दा पछि पनि २० गतेसम्म किन गुड्न दिइयो सोचनिय विषय बनिरहेको छ । आफूलाई आवश्यक पर्दा नियम कानूनलाई तोड्न सक्ने सरकारले आम सर्वसाधरणको मर्कामा भने किन संवेदनशिल हुन सकेन सर्वत्र चाँसोको विषय हो ।

 

भौतिक तथा यातायात मन्त्रालयले प्रहरीलाइ गरेको परिपत्र हामि संग सुरछित छ ।