‘आर्थिक र सामाजिक स्तर उन्नती गर्नु नै संस्थाको प्रमुख उद्देश्य हो’ : प्रबन्ध निर्देशक चौलागाई

पछिल्लो समय काभ्रे जिल्लामा सहकारी संस्थाहरुको संख्यामा बृद्धि हुदैँ गएको छ । जिल्लामा सञ्चालित सहकारी संस्थाको अवस्था र संस्थाहरु के–कसरी सञ्चालित भएका छन् लगायतका विषयलाई केन्द्रित गरेर सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्ध निर्देशक रोशन चौलागाईसँग यस अंकमा कुराकानी गरेका छौँ । संस्थाका निर्देशक चौलागाईसँग बेथानचोक खबर डटकमले गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

तपाईको बुझाईमा सहकारी भनेको के हो ?
सहकारी भनेको सदस्यहरुको आर्थिक स्तर,सामाजिक स्तर र मनोवैज्ञानिक स्थिति स्तरउन्नति गर्ने अभियान र कार्य हो । सहकार्य भन्नाले आपसमा मिलेर गरिने कामलाई जनाउँछ । ’एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो ।

तपाईको संस्थाको परिचय दिनुहोस् न ?
यस सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ४ मा अवस्थित छ । यस संस्था आर्थिक वर्ष २०६५/०६६मा दर्ता भइ सञ्चालनमा आएको हो । यस संस्थाको प्रबन्ध निर्देशकमा रहि सहकारी प्रर्बद्धन विकास र  संस्थाको हितका लागि निरन्तर लागिरहेको छु ।

यस संस्थाको प्रमुख उद्देश्य के छ ?
यस संस्थाले यस संस्थाको प्रमुख उद्देश्य भनेकै सदस्यहरुको आर्थिक र सामाजिक स्तर उन्नती गर्नुको साथै सदस्यहरुको क्षमता विकास सँगसँगै नयाँ खालका सचेतना कार्यक्रम, नयाँ सोच, उमंग र उत्प्रेरणा ल्याउनु संस्थाको अर्को उद्देश्य रहेको छ ।

आर्थिक कारोबारहरुको अवस्था के छ अहिले ? आर्थिक कारोबारमा सन्तुष्टि हुनुहुन्छ ?
कोरोनाले देशको अर्थतन्त्रमा निकै प्रभाव पारेको छ । त्यसको असर सहकारी क्षेत्रमा पनि परेको छ । यो प्रतिकुल समयमा यस संस्थाको आर्थिक अवस्था सन्तोषजनक नै रहेको छ ।

यस संस्थाको लगानीका क्षेत्रहरु के छन् ?
यस संस्थाले स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाको लगानीका क्षेत्रहरु धेरै छन् । यस संस्थाले कृषि,व्यापार,उद्योग कलकारखाना र यातायात लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

कर्जा कसरी खराब बन्न पुग्छ ? कर्जा प्रवाह गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
कर्जा लगानीका बखतमा सदस्यको स्थिति राम्रोसंग विश्लेषण गर्न सकिएन भने कर्जा खराब बन्न पुग्छ । कर्जा प्रवाह गर्दा विशेषत सदस्यको व्यवसाय, आर्थिक स्थिति, धितो मूल्याड्ढन, सदस्यको नियत, ऋण तिर्न र बोक्न सक्ने क्षमता आदि जस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।

अहिलेको समयमा सहकारीले मुल्य र सिद्धान्तहरु पालना गरेका छन् त ?
सरकारले सहकारी सञ्चालनका लागि निर्धारण गरेको नीति तथा सहकारी ऐन, नियमावली, मापदण्ड अनुरुप सबैले चल्नु पर्दछ । अहिलेको परिस्थितिमा सीमित सहकारीले मात्र मुल्य र सिद्धान्तहरु पालना गरेका छन ।

सहकारी क्षेत्रमा अहिले देखिएका प्रमुख चुनौतीहरु के छन् ?
सहकारी क्षेत्रमा अहिले देखिएका प्रमुख चुनौतीहरु यस प्रकार छन :-
– राज्यको प्राथमिकतामा नपर्नु
– व्याजदरको चुनौती
– कर्जा जोखिमको चुनौती
– देखासिखीको प्रभाव (कमाई खाने भाडोको रुपमा)

सहकारी क्षेत्रमा देखिएका समस्या कसरी समाधान गर्न सकिन्छ ?
सहकारी क्षेत्रमा देखिएका समस्या निम्न अनुसार समाधान गर्न सकिन्छ:-
– राज्यले सहकारीको महत्व बुझ्नु आवश्यक छ र सहकारी अभियानले बुझाउनु आवश्यक छ ।
– सहकारीका संचालक र नेतृत्व वर्गले साच्चै सहकारीद्धारा सदस्यहरुको र अन्तत्वगत्व राष्ट्रको आर्थिक र सामाजिक स्तर उकास्न सकिन्छ भन्ने कुरा आत्मसाथ गरी इमान्दारिताका साथ अघि बढन आवश्यक छ ।
– सदस्यहरुको सबै पक्ष विश्लेषण गरी मुल्याड्ढन गर्न आवश्यक छ ।

यस संस्थाको भावी रणनिति तथा योजनाहरु के छन ?
हामी संस्था र सदस्यहरुको दिगो विकासको योजना मै रहेको र भर्खरै संस्थाले आफ्नो भवन बनाउन सफल भएको छ । संस्थाको सबलीकरण र विशेष गरी सदस्यहरुको आर्थिक अवस्थामा स्तर उन्नति गर्ने प्रमुख योजनाका साथै सदस्यहरुको हितको लागि अन्य कार्यक्रम र योजनाहरु छन् ।

सम्बन्धित खबर

सिफारिस