बुधबार, बैशाख ०९, २०८३
महाभारत गाउँपालिकामा पहिलोपटक ३ सचिव एकैसाथ

काभ्रे : जिल्लाको महाभारत गाउँपालिकामा विभिन्न मन्त्रालयका सचिव एकैसाथ पुगेका छन् । गाउँपालिकामा पहिलो पटक आज विभिन्न मन्त्रालयका सचिव एकैसाथ पुगेका हुन् ।

महाभारत गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यमलाल भुसाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाह एकैसाथ आज गाउँपालिका पुगेका हुन् ।

योजना अनुगमन तथा खानेपानी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न मन्त्रालयका ३ सचिव गाउँपालिका पुगेका थिए । पहिलोपटक महाभारत गाउँपालिकामा ३ सचिव एकै साथ पुगेपछि स्थानीयले गाउँ अझै विकासका कामहरु हुने विश्वास लिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय