
काभ्रे : स्थानीय तहको निर्वाचनको मिती नजिकदैँ गर्दा काभ्रेका गाँउदेखि सहसम्म चुनावी सरगर्मी बढेको हो । काभ्रेका छ वटा नगरपालिकामा र सात वटा गाँउपालिकामा १ सय ३५ वटा वडाहरुमा चुनावी रौनक देखिएको छ ।
राजनीतिक दलहरुले गाँउदेखि र साधारण कार्यकर्तासम्मको भेटघाटलाई बाक्लो बनाउन थालेका छन् । केन्द्रीय तहदेखिका नेताहरु यतीबेला गाँउसम्म पुगेर भेटघाटलाई बाक्लो बनाउन थालेसँगै त्यसले निर्वाचनमा कसले टिकट पाउने हो भन्ने जिज्ञासा समेत देखिन थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रे निर्वाचनको तयारीमा जुटेको छ । जिल्लामा म्यादी प्रहरीको लागि आवेदन दिने युवायुवतीहरुको भिड समेत देखिएको छ । निर्वाचनको तयारीमा काभ्रेका प्रमुख चार दल चुनावी अभियानमा अगाडी देखिएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो बनेको दल नेकपा एमाले चुनाव केन्द्रीत गतिविधीमा सकृय बनेर लागेको छ । धुलिखेलमा एक महिना अघिसम्म निर्धक्क थियो एमाले । तीन हजारको मतान्तर भएर अघिल्लो निर्वाचनमा जितेकाले खासै धेरै चिन्तामा थिएन । तर एमालेका प्रभावशाली नेताले कांग्रेस रोजेपछि एमाले ढुक्क देखिएको छैन । विकासमा समानुपातिक नभएको आरोप खेपी रहेपनि ढुक्क देखिएको एमाले धुलिखेलको नेतृत्व पछिल्लो समय ढुक्क भने देखिएको छैन । एमालेका खम्बा तीन हजार मतदे पछी रहेको कांग्रेस पार्टीमा भित्रिएपछि केही आक्रमक देखिएपनि ढुक्क भने छैन ।
स्थानीय निर्वाचनको लागि कार्यकर्ताहरुमा उत्साह भरिएकाले निर्वाचनमा दलहरु केन्द्रीत बनेको नेकपा एमालेका नेता कंचन अधिकारीले भने । एमालेको केन्द्रले बनाएको मापदण्ड अनुसार निर्वाचनकार्यमा लागेको उनले बताए । निर्वाचन घोषणापछि काभ्रेमा करिब ५ हजारभन्दा धेरै एमालेमा प्रवेश गरेको अधिकारीले बताए । विभिन्न पाटी परित्याग गरेर एमाले प्रवेशको लहर नै छाएको उनले दाबी गरे ।
नेपाली कांग्रेसले चुनावी अभियान अघि सारेको कांग्रेस नेता ईश्वरी ओझाले भने । त्यस्तै नेकपा माओवादी केन्द्रले समेत निर्वाचन कार्यक्रममा केन्द्रीत भएर कार्यक्रमहरु गरिरहेको जिल्ला नेता निरञ्जन बिष्टले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले जिल्लाका हरेक वडामा पुगेर संगठनको काम गरिरहेको प्रदेश सांसद लक्ष्मण लम्सालले भने । काभ्रेमा शक्ति सन्तुलनको हिसाबले एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो शक्ति हो ।
प्रमुख तीन दलले भने उम्मेदवारको लागि विपक्षीदलले कसलाई उम्मेदवार बनाउने हो त्यसलाई आधार मानेर उम्मेदवारी दर्ता गराउने मनस्थिती देखिएको छ । सत्तारुण दलले गठबन्धन हुन सक्ने भएकाले सोही अनुसारका कुराहरु अघि बढाएका छन् । एमाले काभ्रे भने एक्कै निर्वाचनमा जाने मुडमा देखिएको छ ।
विशेषत एमाले र कांग्रेसले कुन तहको नेतालाई उम्मेदवार बनाउने हो सोही आधारमा उम्मेदवार बनाउने योजनामा दुवैै पार्टीले तयारी थालेका छन् । निर्वाचन केन्द्रीत सभा सम्मेलनले समेत प्राथमिकता पाएका छन् । समाजवादी र माओवादी मिलेर निर्वाचनमा जान सक्ने संम्भावना रहेकाले दुबै दलले आफ्नो तयारी थालेका छन् ।
काभ्रेको जिल्ला सदरमुकाममा धुलिखेलमा एमालेले अशोक व्याञ्जूलाई अघि सार्ने संम्भावना छ । जिल्ला अध्यक्ष र बहालबाला मेयर भएकाले व्याञ्जुले चाहेमा सहजै उम्मेदवार बनाउँछ । तर निर्वाचन जित्न भने व्याञ्जुलाई त्यति सहज देखिदैन । धुलिखेलका एमालेका तीन खम्बा मानिएका रामकृष्ण हुँमागाई, साधुराम बडाल र निराजन जंगम कांग्रेसमा प्रवेश गरेको र समाजवादीले समेत राम्रो भोट तलमाथि गर्ने भएकाले निर्वाचनको अंकगणित तलमाथि हुन सक्ने संम्भावना छ ।
विपक्षी दल उच्च मनोवलमा देखिएको छ । नेपाली कांग्रेसले रमेश हुँमागाई, ईश्वरी ओझा,रविन्द्र सिग्देल,विदुर बस्नेतमध्ये एक जनालाई उम्मेदवार बनाउन खोजिरहेको छ । एमालेबाट भर्खरै प्रवेश गरेका रामकृष्णलाई उम्मेदवार बनाउने तयारी भएको हल्ला पनि छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र र समाजवादी मिलेर साझा उम्मेदबार बनाउने वा कांग्रेससँग मिलेर गठबन्धन गर्ने भन्नेमा टुंग्गो लागेको छैन । दिलसुन्दर श्रेष्ठ, पृथ्वी थापाको चर्चा धुलिखेलमा छ । धुलिखेलमा यसले निर्वाचन जित्ने भने यकिन हुन सक्ने अवस्था छैन । गठबन्धन हुने वा एक्लाएक्लै निर्वाचनमा जाने बिषयले निर्धारण गर्ने धुलिखेलका स्थानीय बताउँछन् । समाजवादीले कुनै नाम सार्वजनिक गरेको छैन ।
सो नगरमा पछिल्लो समय एमालेको मत पार्टी प्रवेश गराएर कांगे्रसले खोसेको, समाजवादीमा थुप्रै नेताहरु प्रवेश गरेको र माओवादीको शक्ति पनि बलियो भएकाले एकीकृत समाजवादी र माओवादी निर्णायक जस्तो देखिएका छन् ।