
काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रकाबिच नगरका महिला स्वास्थय स्वयंमसेविकालाई सम्मान गरेको हो । नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा र प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चनले महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले महिला स्वास्थ्य स्वयंसेविकाका कारण नगरभित्र स्वास्थ्यका विभिन्न सूचकहरु पुरा गर्न महत्वपूर्ण सहयोग पुगेको भन्दै उच्च मुल्याङ्कन गरिने बताए । महिला स्वास्थ्य स्वयंसेविकाको लागि थप सुविधा उपलब्ध गराउने प्रतिबद्धता नगरप्रमुख वाईबाले जनाए ।
नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका रहेका ७ वटा स्वास्थ्य चौकी अन्तर्गत उत्कृष्ट सेवा गर्ने ७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मान गरिएको हो ।