मंगलबार, माघ २७, २०८२
पाँचखालमा जनप्रतिनिधि, प्रहरी र स्थानीयबिच नागरिक सुनुवाई तथा अन्तर्क्रिया कार्यक्रम

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकामा जनप्रतिनिधि, प्रहरी र स्थानीयबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आइतबार पाँचखाल नगरपालिकाको कार्यपालिका परिसरमा सम्पन्न भएको कार्यक्रममा स्थानीयले भोग्दै आएको समस्याका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नगरपालिकाको अनैकोट क्षेत्रमा दैनिक जसो झगडा हुने गरेको विषयलाई उठान गरिएको थियो । भक्तपुर, बनेपा, धुलिखेलबाट मानिसहरु आएर लागू पदार्थ सेवन गर्ने गरेको पाइएपछि जनप्रतिनिधी र स्थानीय जनताले प्रहरीचौकीको माग गरेका हुन् ।

त्यस्तै बजार क्षेत्रमा टिपरको ओभरलोड बोक्ने, प्रेसर हर्न बजाउने समस्याले हैरानी पाएको समस्या पनि स्थानीयले कार्यक्रममा राखेका थिए । स्थानीय दिलबहादुर श्रेष्ठले समयमै यसको बारेमा चासो नदिने हो भने समस्या बेहोर्नु पर्ने बताए । उनले भने, ‘यात्रुवाहक बसमा समेत प्रेसर हर्नले हैरानी बनाएको बताए । अहिले बसमा बाजा बजाएको जस्तो सुनिन्छ ।’ बजार क्षेत्रमा राम्रो खालको सिसी क्यामेरा जडान गर्न आवश्यक रहेको उनले बताए । केही वडाले हप्ताको एक पटक गस्ती गरिदिन प्रहरीसँग उनले अनुरोध गरेका थिए ।

सेवाग्राहीको गुनासो सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले प्रहरी पोष्टले फोन नउठाएमा १०० मा फोन गर्न अनुरोध गरे । उनले प्रहरी साथी भएकाले जनताको सेवा गर्ने कुराबाट विमुख हुन नमिल्ने बताउँदै अनैकोट क्षेत्रमा अस्थायी प्रहरी पोष्ट राख्ने विषयमा छलफल भइरहेको उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथी पाँचखाल नगरपालिकाको उपप्रमुख लोकप्रिय महिला नेतृ सुर्यमाया दनुवारले जनताको पक्षमा सदैव आफूहरु सेवा गर्ने बताउँदै जनताले पिर मर्का परेमा तत्कालै आफूलाई फोन गर्न अनुरोध गरिन् । कार्यक्रममा वडा अध्यक्ष सुन्दर लामा, स्थानीयबासी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय