प्रमुख जिल्ला अधिकारी पाण्डेको संयोजकत्वमा ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन
मंगलबार, साउन ०३, २०७९ | १२:२४:०५
काभ्रे : काभ्रेमा ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन भएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन भएको हो ।
अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यबस्थापनमा जनसहयोग अभ्विृद्धि गर्ने, र समग्रमा समुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र सम्बद्ध सरोकारवालाहरु बिच संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्य अनुरुप ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन भएको हो ।
‘समुदाय प्रहरी जिल्ला समिति’ का पदाधिकारीहरु :
संयोजक: श्री हुमकला पाण्डे (प्रमुख जिल्ला अधिकारी)
सह संयोजक: श्री चक्र राज जोशी (प्रहरी उपरिक्षक)
सल्लाहकार:श्री दिपक गौतम ( प्रमुख,जिल्ला समन्वय समिति)
सल्लाहकार: श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ (प्रमुख, धुलिखेल नगरपालिका)
सदस्य सचिव: श्री हरि खतिवडा (प्रहरी नायब उपरिक्षक)
सदस्य: श्री टोम सापकोटा (गैर सरकारी संस्था)
सदस्य: श्री सुबोध धिमाल(जिल्ला बाल क्लब संजाल)
सदस्य: श्री सत्य नारायण श्रेष्ठ(जिल्ला प्याप्सन)
सदस्य: श्री दिल्ली राज श्रेष्ठ (अभिभावक संघ)
सदस्य: श्री बद्रि राज तिमल्सिना (नेपाल पत्रकार महासंघ)
सदस्य: श्री राजेन्द्र पसक्षे (उद्योग वाणिज्य संघ काभ्रे )
सदस्य: प्र ना नी मनोरब आचार्य (पूर्व प्रहरी संगठन)
सदस्य: श्री बिदुर हुमागाई (प्रमुख, नेपाल बाल संगठन)
सदस्य: श्री मन्जु कुमार कोजु (उद्योग वाणिज्य संघ धुलिखेल)
सदस्य: श्री नारायण ढुंगाना (रेडक्रस सोसाइटी)
सदस्य: निर्मला काफ्ले (नागरिक समाज)