मंगलबार, मंसिर २३, २०८२
धुलिखेल बोर्डिङ स्कुलका विद्यार्थीसँग काभ्रे प्रहरीको ‘प्रहरीसँग एक दिन कार्यक्रम’

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले ‘प्रहरीसँग एक दिन कार्यक्रम’ सञ्चालन गरेको छ । जिल्लाको धुलिखेल नगरपालिका स्थित धुलिखेल बोर्डिङ स्कुलका विद्यार्थीसँग काभ्रे प्रहरीले ‘प्रहरीसँग एक दिन कार्यक्रम’ सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको परिसरमा आयोजित ‘प्रहरीसँग एक दिन कार्यक्रम’मा धुलिखेल बोर्डिङ स्कुलको कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीसंग अन्तरक्रिया तथा छलफल गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको अवलोकन भ्रमण गराई प्रहरीको काम कर्तव्यको बारेमा पनि जानकारी गराइएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय