बिद्यार्थीको रुची र आवश्यता अनुसार शिक्षा प्रदान गर्दै आएका छौ : रामप्रसाद तिमल्सिना

रामप्रसाद तिमल्सिना
– प्रिन्सिपल, आर्दश विद्या मन्दिर स्कुल (एविएम )

शिक्षाबाट नै शास्वत प्राप्त हुन्छ भन्ने मूल ध्येयका साथ विसं २०६१ सालमा स्थापित आर्दश विद्या मन्दिर स्कुलको चर्चा सर्वत्र छ । यसको खास कारण भनेको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हो ।

गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सक्षम सवल शिक्षक, र नविनतम् शिक्षण सिकाई पद्धतीको प्रयोग गर्दै शान्त सुन्दर, रमणीय वातावरण अवस्थित छ । हाल यस विद्यालयमा विद्यार्थीहरुले ‘प्लस टु’मा विभिन्न विषय अध्ययन गर्न पाउँछन् ।

कस्ता विद्यार्थीले कुन् कुन् विषयका लागि अध्ययन गर्न सक्छ र विद्यालयले विद्यार्थीका लागि के के सुविधाको व्यवस्थापन गरेको छ भन्ने विषयमा आर्दश विद्या मन्दिर स्कुल बनेपाका प्रिन्सिपल रामप्रसाद तिमल्सिनासँग गरेको कुराकानीको सम्पादित अंश ः

० आर्दश विद्या मन्दिर स्कुल(एविएम)मा प्लस टु अध्ययन गर्न चाहाने विद्यार्थीले कुन् कुन् विषय अध्ययन गर्न पाउँछन् ?
– (ए.वि.एम)मा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले विशेषतः विज्ञान समूहमा अनिवार्य विषयहरु नेपाली, अंग्रेजी, गणित र ऐच्छिक विषयहरु फिजिक्स्, क्यामेष्टी, बायोलोेजी वा कम्प्युटर, व्यवस्थापन समूहमा अनिवार्य विषयहरु तथा लेखा अर्थत्रास्त्र, कम्प्युटर, होटल मेनेजमेट, विजनेश स्टडिज्, कानून विषयमा अनिवार्य विषय साथै सवैधानिक कानून, कानूनी मस्यौदा, कार्यविधि कानून, देवानी कानून, अपराधिक कानून, मानव अधिकार, पढाइन्छ भने विद्यार्थीको चाहना रुची अनुसारका आम संचार, वातावरण विज्ञान, अंग्रेजीजस्ता थप विषयहरु पनि विद्यार्थीहरुले पढ्न पाउने व्यवस्था गरेको छौँ ।

० एसइइपछि विद्यार्थीले किन आर्दश विद्या मन्दिर स्कुल( एविएम) नै रोज्ने ?
– विद्यार्थीहरुको रोजाईमा एविएम स्कूल छनोट गर्नुमा विद्यार्थीहरुलाई पाठय्क्रमले तोकेको क्रेडिट आवर अनुसारको पूणर् सिकाई हुने, विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आन्तरिक तथा बाह्य रुपमा विषयवस्तुको विषयगत वस्तुगत अवलोकण विधिको प्रयोग गरी प्रयोगात्मक रुपमा विद्यार्थीहरुको रुपान्तरण गर्न स्कूल कटिबद्ध हुनु र विद्यार्थीको रुची अनुसार अतिरिक्त क्रियाकलापलाई सक्रिय सहभागिताका साथ विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा र विजेता हुनु मुख्य मुख्य करणहरु हुन् भने समय सापेक्ष विद्याथर्र्ीहरुको रुची चाहाना, आवश्यता र क्षमतालाई पहिचान गरी सोही अनुसार अगाडी वढ्न प्रोत्साहन गर्नु हो ।

० विद्यार्थीले प्राप्त गरेको जिपिएका आधारमा कस्ता कस्ता विद्यार्थीले कुन् कुन् विषय पढ्न पाउछन ?
– यस वर्ष एसइइ दिएका विद्यार्थीहरुले १ दशमलव ६ भन्दा माथी जि.पि.ए. आएमा विद्यार्थीले आफुलाई रुची भएको जुनसकै पनि साधारण धारतर्फका अनिवार्य विषय ३ वटा र अन्य विभिन्न समुहमा रहेका १६४ वटा विषयहरुबाट आफुलाई मनपर्ने एक समुहबाट १ विषयभन्दा बढी विषय छनोट नगरी ४ वटा समूहबाट एक एक विषयहरु छनोट गरी ३ वटा विषय र थप एक विषय पनि अध्ययन गर्नसक्ने अवस्था रहेको हँुदा विद्यार्थी आफ्नो क्षमता इच्छा र रुची अनुसारको विषय छनोट गर्दा राम्रो हुन्छ । यसका लागि हाम्रो स्कूलमा आई परामर्श लिन पनि अनुरोध गरिन्छ ।

० एविएममा प्लस टु अध्यापनपछि कस्ता विद्यार्थी उत्पादन भएका छन ?
– शिक्षाको राष्ट्रिय उद्देश्य, पाठ्यक्रमको प्रारुप अनुसार सबै शैक्षिक संस्थाहरुले विद्यार्थीका सिकाई प्रक्रियालाई प्रभावकारी रुपमा रुपान्तरण गर्नका लागि विगत, वर्तमान र भविष्यप्रति जिम्मेवारी वहन गर्नसक्ने तरिकाबाट सिकाई गर्ने हो भने यो कक्षा ११ र १२ अध्ययन जीवनोपयोगी हुने आफुभित्र रहको अन्र्तनिहीत प्रतिभाको प्रष्फुटित गर्नसक्ने आफ्नो क्षमताको प्रयोग गरी जीवन जिउन सक्ने मानवशक्ति निमाणर् भएको छ र हुने छ ।

० अन्त्यमा अभिभावक र विद्यार्थीलाई के भन्न चहानु हुन्छ ?
– धेरै वटा शैक्षिक संस्थाको माझमा असल, व्यवहारिक, नैतिक र जिम्मेवार व्यक्तित्व निमाणर् गर्नका लागि एस.इ.ई उर्तिण सम्पूणर् विद्यार्थी अभिभावक र सुभचिन्तक सरोकारवालालाई एविएम स्कूल भ्रमण गरी हाम्रा विचारलाई ग्रहण गरी सरल शुलभ र असल सिकाइका लागि अगाडी बढ्नका लागि म अनुरोध गर्दछु । धन्यवाद !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस