काभ्रेका विद्यालयहरुको कार्यसम्पादन : एक विश्लेषण
शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरले विद्यालयहरुको कार्यसप्पादन प्रतिवेदन हालै सार्वजनिक गरेको छ । यसमा काभ्रेका नमुना घोषणा गरिएका विद्यालयहरु अन्य विद्यालय भन्दा पछाडि देखिएका छन् । केन्द्रले ९० वा सो भन्दा माथि अंक प्राप्त गर्ने विद्यालयलाई उत्तम, ७० देखि ९० अंक प्राप्त गर्ने विद्यालयलाई सामान्य, ७० देखि ९० अंक प्राप्त गर्ने विद्यालयलाई मध्यम, ४० देखि ७० अंक प्राप्त गर्ने विद्यालयलाई मध्यम र ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाइ कमजोर विद्यालयकोरुपमा सुचीकृत गरेकोे छ । काभ्रे जिल्लाका विद्यालयहरुमा मंगलजनविजय मा.वि. मंगलटार, भालेश्वर मा.वि. मल्पी, आजाद मा.वि. बालुवाले क्रमशः ९०.०९, ८५.४ र ८४.७४ अंक सहित देशकै उत्कृष्ट पाँचौं, अठ्ठाइसौं र पैंतीसौ. स्थानमा पर्न सफल भएका छन् ।
उक्त प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १४९ वटा विद्यालयहरुमध्ये दश उत्कृष्ट विद्यालयहरुमा क्रमशः मगलजनविजय मा.वि. मंगलटार, भालेश्वर मा.वि. मल्पी, आजाद मा.वि. बालुवा, ज्ञानेश्वरी मा.वि. अनेकोट, महाकाली मा.वि. चैनपुर, भक्रमदेवी मा.वि. अनेकोट,सर्वमंगला मा.वि. पाँचखाल, ंमहाकाल मा.वि. बेला, जोरपाटी मा.वि. तिनपिप्ले, भालचन्द्र मा.वि. रयाले रहेका छन्् । नमुना घोषणा गरिएका विद्यालयहरुमध्ये भालेश्वर मा.विको कार्यसम्पादन सबैभन्दा बलियो देखिएको छ । नमुना विद्यालयहरुमध्ये सञ्जीवनी मा.वि. धुलिखेल, पार्वती मा.वि. ढुङ्खर्क, जनक मा.वि. मेथिनकोट, प्रभा मा.वि. कात्तिकदेउराली क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं स्थानमा छन् । तर काभ्रे जिल्लाको समग्र कार्यसम्पादनमा भने यी विद्यालयहरुको स्थान क्रमश उन्नाइसौं, बीसौं, बयालीसौं र अठहत्तरौं स्थान रहेको छ । हाल देशभर नमुना विद्यालयको संख्या ४२२ छ भने काभ्रे जिल्लामा ५ वटा नमुना विद्यालहरु रहेका छन् । सरकारले वर्षेनी नमुना विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षणिक व्यबस्थापनमा करोडौं रुपैंया लगानी गरेता पनि त्यसको आशातीत प्रतिफल पाउन नसकिएको कुरा प्रतिवेदनबाट स्पष्ट हुन्छ ।
केन्द्रको विद्यालय कार्यसम्पादन परीक्षणमा मुख्यत चार सूचक लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राही सन्तुष्टिसँग सम्बन्धित ८९ सूचकमा आधारित भई विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो । लगानी क्षेत्रअन्तर्गत विद्यालयको भौतिक संरचना, शिक्षक एवं समुदायको सहभागिता गरी तीन उपक्षेत्र र सोअन्तर्गत २७ सूचकका आधारमा विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो । लगानी क्षेत्रको २७ सूचकमा प्राप्त गरेको कुल अङ्कलाई ८१ पूर्णाङ्कमा विद्यालयले प्राप्त गरेको अङ्कलाई २५ प्रतिशत भारमा लगानी क्षेत्रको प्राप्ताङ्क कायम गरिएको थियो ।
विद्यालय कार्यसम्पादन परीक्षणका तीन क्षेत्रमध्ये दोस्रो क्षेत्र प्रक्रियाअन्तर्गत कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन तथा सह–अतिरिक्त क्रियाकलाप गरी पाँच उपक्षेत्र निर्धारण गरिएका थिए । यस क्षेत्रअन्तर्गत ४६ सूचकहरू तथा १३८ पूर्णाङ्कका आधारमा परीक्षण गरिएका थियो । उक्त क्षेत्रका सूचकबाट प्राप्त अङ्कलाई मूल्याङ्कनका निमित्त ३० भार प्रदान गरी वास्तविक प्राप्ताङ्क कायम गरिएका थियो । विद्यालयको कार्यसम्पादन परीक्षणका क्षेत्रहरूमध्येको उपलब्धिअन्तर्गत विद्यार्थी नियमितता, कक्षा दोहो¥याउने र विद्यालय छाड्ने, सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि तीन उपक्षेत्र निर्धारण गरिएका थियो । यो क्षेत्रमा १५ सूचक तथा ४५ पूर्णाङ्क राखिएको थियो । यस उपलब्धि क्षेत्रको समग्र अवस्थाको विश्लेषण गर्न विद्यालयले प्राप्त गरेको प्राप्ताङ्कलाई ४० भार कायम गरी वास्तविक प्राप्ताङ्क गणना गरिएको छ ।
शिक्षा नियमावलीले गरेको व्यवस्थाअनुसार सामान्यतया प्रतिकक्षा हुनुपर्ने न्यूनतम विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयले अघिल्लो वर्ष सेवा प्रदान गरेका विद्यार्थीको सङ्ख्यालाई तुलना गरेर विद्यालयलाई ० देखि ५ सम्मका छ स्केलमा बाँडेर अङ्क प्रदान गर्ने व्यवस्था विद्यालय कार्यसम्पादन परीक्षण साधनमा गरिएको छ । समग्रमा विद्यालयको कार्यसम्पादन स्तरको परीक्षण गर्दा उपयोग गरिएका चारवटा प्रमुख पक्ष लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थीलाई आधार मानेर समष्टिगत स्थितिको लेखाजोखा प्रस्तुत गर्ने गरिएको छ । यी चारवटा क्षेत्रबाट स्तर निर्धारण गर्दा फरक फरक भार दिइन्छ । यसअनुसार लगानीलाई २५, प्रक्रियालाई ३०, उपलब्धिलाई ४० र सेवा प्रदान गरिएका विद्यार्थीको सङ्ख्यालाई ५ प्रतिशत भार दिएर गणना गरिएको थियो ।
आर्थिक वर्ष २०७४ बाट देशभर विद्यालयको कार्यसम्पादन परीक्षण कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न थालिएपश्चात् हालसम्म ६४ जिल्लाको परीक्षण सम्पन्न भएको छ । परीक्षण भएका विद्यालयमध्ये ६० जिल्लाका ४८६७ विद्यालयको नतिजा विश्लेषणको कार्य सम्पन्न गरिएकाले ती विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङ्क (Merit) का आधारमा देहायअनुसारको विद्यालयको श्रेणीकरण (Ranking List) प्रस्तुत गरिएको थियो ।
कुनै पनि निकाय, कार्यालय वा कार्यक्रमले सेवाग्राही तथा सरोकारवालालाई प्रदान गर्ने निश्चित सेवा वा कार्य हुन्छन् । सेवा वा कार्य सरोकारवालासम्म पु¥याउनका लागि भौतिक पूर्वाधार, मानव साधन र वित्तीय स्रोतको लगानी यथेष्ट गरिएको हुन्छ । यसरी गरिएको लगानीअनुसार सम्बन्धित कार्यालय वा संघसंस्थाले प्रभावकारी, मितव्ययी, कुशल र पारदर्शी रूपमा सेवा प्रदान गरे नगरेको भनी आन्तरिक तथा बाह्य व्यक्ति वा समूहले गर्ने परीक्षणलाई कार्यसम्पादन परीक्षण (Performance Audit) भनिन्छ ।
कार्यसम्पादन परीक्षण नेपालमा मात्र प्रयोगमा रहेको नभई अन्तर्राष्ट्रिय अभ्यासमै रहेको विषय हो । लामो समयदेखि युरोप, अष्ट्रेलिया, अमेरिकालगायत महादेशका मुलुकहरूमा यसखाले अभ्यास हुने गरेको पाइन्छ । ती देशमा फरक फरक निकायले कार्यसम्पादन परीक्षण गर्ने गरेको पाइन्छ । ती देशले पनि साधन स्रोतको उपयोगमा मितव्ययिता, दक्षता र प्रभावकारिताका लागि नै कार्यसम्पादन परीक्षण गर्ने गरेका छन् ।
शैक्षिक संस्थाहरूले निर्दिष्ट नीति तथा कार्यक्रम, प्रचलित ऐन तथा नियमबमोजिम कार्यान्वयन गरे नगरेको लेखाजोखा गर्दै शिक्षाको पहुँच, समता र गुणस्तर अभिवृद्धिका लागि शैक्षिक संस्थाको कार्य प्रणालीको परीक्षण गरी कार्यसम्पादन स्तरको अवस्था विश्लेषण गरी कार्यसम्पादन सुधारका क्षेत्र पहिचान गर्न आवश्यक भएकाले विद्यालय तथा निकायको कार्यसम्पादन सुधारका निमित्त नीतिगत पृष्ठपोषणका लागि प्रमाणमा आधारित सूचना तथा तथ्य उपलब्ध गराउँदै उत्कृष्ट सेवाका लागि संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु नै विद्यालय कार्यसम्पादन परीक्षणको औचित्य हो ।
(नोटः लेखक जनक मा. वि., नमोबुद्धका विज्ञान शिक्षक, चैतन्य बहुमुखी क्याम्पस, बनेपाका गणित प्राध्यापक, शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुनुहुन्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एम्. एस्सी. र नेपाल खुला विश्वविद्यालयबाट गणित शिक्षामा एम्. फिल. उपाधि प्राप्त गरेका छन ।)