दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९ हुदैँ

काभ्रे : जिल्लाको धुलिखेलमा ‘दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९’ हने भएको छ । ब्याच नं २०६५ धुलिखेलको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा यहीँ असोज ९ र १० गते धुलिखेल–४ स्थित एस.आर फुटसलमा फुटसल टोर्नामेन्ट हुदैँछ ।

टोर्नामेन्टमा प्रथम हुनेले १ लाख १० हजार र दास्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् । टोर्नामेन्टका लागि काभ्रे जिल्ला फुटबल संघ र एस.आर फुटसलको प्राविधिक सहयोग रहेको छ । त्यस्तै धुलिखेल हेल्थ क्येरले मेडिकल सपोर्ट गरेको छ भने फुटसलको मिडिया पार्टनर गोल नेपाल डट कम र बेथानचोकखबर डट कम रहेका छन् ।

दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्टको दर्ता शुल्क ५५ सय रुपैँया तोकिएको आयोजकले जनाएको छ । दर्ता गर्नको लागि अन्तिम मिति २०७९ असोज ७ गतेसम्म रहेको छ । थप जानकारीको लागि ९८४९५७९५५३, ९८०३०७५३४१,९८१८६९६३१२ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस