दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्टको उपाधि ब्याच नं.२०६५लाई

काभ्रे : दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्टको उपाधि ब्याच नं.२०६५ले हासिल गरेको छ । ब्याच नं २०६५ धुलिखेलको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा सम्पन्न भएको उक्त टोर्नामेन्टमा ब्याच नं.२०६५ले धुलिखेल वडा नं ४ लाई ३–१ गोलले पराजित गरेको हो ।

टोर्नामेन्टको उपाधि हासिलको ब्याच नं.२०६५ ले १ लाख १० हजार रुपैँया नगर पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले ५५,हजार रुपैँया नगर पुरस्कार प्राप्त गरेका छ ।
उक्त प्रतियोगितामा मणि लामा प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । त्यस्तै अनिष श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भएका छन् भने राइजिङ प्लेयरको उपाधि जिनलोब तामाङलाई दिइएको छ ।

टोर्नामेन्टका लागि काभ्रे जिल्ला फुटबल संघ र एस।आर फुटसलको प्राविधिक सहयोग रहेको थियो । त्यस्तै धुलिखेल हेल्थ क्येरले मेडिकल सपोर्ट गरेको थियो भने फुटसलको मिडिया पार्टनर गोल नेपाल डट कम र बेथानचोकखबर डट कम रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस