शनिबार, जेठ २३, २०८३
५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी

स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो ।

सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ ।

विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको दाबी गरे । सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ बजेट छुट्ट्याएपछि असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो । सो टेन्डर आह्वान गर्दा नै दुईतीनवटा कम्पनीलाई मात्रै हुने गरी मापदण्ड बनाइएको र सोही मापदण्डअनुसार टेन्डर आह्वान गरिएकाले आइरन चक्कीको खरिद मूल्य ९० पैसा हुन गएको विभाग स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय