उपराष्ट्रपति पुनद्धारा बृहत जिल्ला खेलकुद महोत्सवको उद्घाटन

काभ्रे । जिल्लाको पनौतीमा आज उपराष्ट्रपति नन्द बहादुर पुनले जिल्लामा पहिलो पटक हुन लागेको बृहत जिल्ला खेलकुद महोत्सव उद्घाटन गरेका छन । जिल्ला समन्वय समिति, काभ्रे र जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा जिल्ला स्तरीय बृहत खुलकुद महोत्सव आजबाट सुरु भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सञ्चालन गरिएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उप–राष्ट्रपति पुनले खेलकुद पूर्वाधारहरु अझै अलपत्र हुनुको साथै खेलकुद क्षेत्रमा राष्ट्रको लगानी बृद्धि हुन नसकेको बताए । उनका अनुसार, जसका कारण खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नुपरेको बताउदै ‘सिमित श्रोत साधनमा पनि खेलाडीहरुले देखाएको साहस र राष्ट्रलाई दिएको सफलता प्रशंसनीय उल्लेख गरे । उनले ‘खेलकुद क्षेत्रको विकासका लागि खेलकुदको पूर्वाधार विकासमा सबै तहका सरकारले लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण हुन जरुरी भएको बताए ।

कार्यक्रममा पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बास्कोटा, पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले खेलकुद क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको यसका लागि सबै तहको सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

महोत्सवमा जिल्लाको १३ वटा पालिकाको सहभागीता रहने जिल्ला समन्वय प्रमुख दीपक गौतमले जानकारी दिए । उनका अनुसार, महोत्सवमा एथ्लेटिक्स, भलिबल, करा“ते, डब्लु टि एफ टेक्वान्डो, कब्बडी, चेस, फुटबल, योगा लगायत १२ वटा विधा खेल सहभागी गराइनेछ । १२ विधामा महिला र पुरुष छुट्टा÷छुट्टै सहभागीता रहने उनले बताए । सबै विधाका खेलबाट पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैंया नगद पुरस्कार पाउनेछन् ।

महोत्सवमा कर्मचारी, विद्यार्थी, उद्योगी, व्यापारी, मानवअधिकारकर्मी लगायत जिल्लाका सरकारी, गैरसरकारी सबै निकायको सहभागीता रहने जिल्ला समन्वय समितिका प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार, उक्त कार्यक्रममा २ हजार देखि २५ सय खेलाडी महोत्सवमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस