विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै
बिहिबार, फाल्गुण १८, २०७९ | १०:०५:५५
काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताएका हुन् ।