शनिबार, फाल्गुण ३०, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक पक्राउ

काठमाडौं । न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि न्यूजिल्याड पठाई प्रतिष्ठित होटलमा १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा  ५ लाख ६ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको जनाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय