२००७ सालको क्रान्तिपश्चात् नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाइहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरीक्षकका (आईजीपी) रूपमा नियुक्त भएका थिए ।
यी हुन् नेपाल प्रहरीका हालसम्मका महानिरीक्षकहरु नामसहित :



























