काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।
घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।



















