काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् ।
उच्च अदालत पाटनमा उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका छन् । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ । नेता टेकनाथ रिजालले पनि पुनरावेदन गरेका छन् ।



















