मन्त्री नबनाएपछि नाउपा उपाध्यक्ष लक्ष्मणकिशोरले छोडे पार्टीको जिम्मेवारी !

काठमाडौँ । सुदूरपश्चिम सरकारमा सहभागी भएपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा)मा विवाद चरमोत्कर्षमा पुगेको छ । नाउपाका तर्फबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका छन् ।

तर, मन्त्रीमा नपरेका पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सांसद लक्ष्मणकिशोर चौधरीले पार्टी जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् । केन्द्रीय उपाध्यक्ष हुँदाहुँदै आफूलाई पार्टीले अन्याय गरेको चौधरीले बताएका छन् । उनले अब आफू पार्टीको जिम्मेवारीमा नबस्नेसमेत जानकारी दिए ।

‘केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख हुँदा हुँदै पार्टी अन्याय गर्‍यो । चाँडै पत्रकार सम्मेलन गरेर अब त्यो जिम्मेवारीबाट म मुक्त हुन्छु’ चौधरीले भने ।

बिहीबार बिहान टीकापुरमा बसेको बैठकले यसअघि नै टुङ्ग्याइसकेको मन्त्रीहरूको नामलाई सदर गरेको थियो । संरक्षक रेशम चौधरी, वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डित, प्रतिनिधिसभा सदस्य गंगा चौधरीसमेत सहभागी बैठकमा सांसद लक्ष्मणकिशोर चौधरीले विधि र पद्धतिअनुसार मन्त्रीको नाम छनोट नभएको भन्दै विरोध असहमति जनाएर बाहिरिएका थिए ।

‘मलाई हस्ताक्षर गर्न भन्नुभयो । मेरो सहमति छैन भनेर म हस्ताक्षर नगरी बाहिर निस्किएँ’, उनले भने ।

आफूलाई मुख्यमन्त्रीको आश्वासन पनि दिएको तर, मुख्यमन्त्री हुने बेलामा आफूलाई संसदीय दलको नेतासमेत नबनाएको भन्दै बैठकमै लक्ष्मणकिशोरले पार्टी नेताहरुको आलोचना गरेका थिए ।

वैशाख २८ भन्दा पहिले रामेश्वर चौधरी संसदीय दलका नेता थिए भने लक्ष्मणकिशोर प्रमुख सचेतक थिए । उनीहरू दुवैलाई मन्त्री नियुक्त गर्ने सहमतिपछि दलको नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुसीराम चौधरी नियुक्त भए ।

तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

लक्ष्मणले सामाजिक सञ्जाल फेसबुकमा ‘यार गद्दार निकला१ राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौं’, भनेर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस