सुन तस्करी प्रकरण : भन्सार एजेन्ट सुब्बा ‘जिम्मा जमानी’मा रिहा

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको हो । सुब्बा भन्सार एजेन्ट हुन् ।

घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अकिारीले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस