विवादमा आएपछि रास्वपाले पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्‍यो एम्बुलेन्स

चितवन । विवादमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफनो निर्वाचन क्षेत्र चितवन २ मा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

लामिछानेले आफु निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सको रंग बदलेर ‘मोबाइल क्लिनिक’ लेखेर सञ्चालनमा ल्याएका थिए । तर एम्बुलेन्सको रंग बदलेर लामिछानेले गरेको यस्तो कार्य गैहकानुनी हुने देखिएपछि विवादमा आएको थियो ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो |

कानुनीरुपमा गैहकानुनी मानिने गरि नाम र रंग बदलेर लामिछानेले एम्बुलेन्सलाइ मेडिकल क्लिनिकका रुपमा चलाएपछि विवाद बढेको थियो । विवाद बढेपछि एम्बुलेन्स अस्पताललाइृ नै फिर्ता गरिएको हो । अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस