विश्वकप फुटबलको सेमिफाइनलमा अष्ट्रेलिया

काठमाडौँ । फ्रान्सलाई हराउँदै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा ७–६ ले फ्रान्सलाई हरायो । खेलमा २० वटा पेनाल्टी प्रहार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस