काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का एवं अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताएका छन् । आज मोर्चाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै संसद्ले पारित गरेको व्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए । नेपालले राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि समाजवादी मोर्चा आवश्यक परेको बताएका छन् । दलाल पुँजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्य गरी नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाइ गर्ने उनले बताए ।



















