मंगलबार, बैशाख ०८, २०८३
एमाले नेताहरू चढेको जहाजमा समस्या, जनकपुर अवतरण नगरी काठमाडौं फर्कियाे

काठमाडौं । नेकपा एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले पुन काठमाडौँ अवतरण गराइएको हो । सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायतका नेता जहाजमा जनकपुर जाँदै थिए ।

जनकपुर नजिकै पुग्दा जहाजमा प्राविधिक समस्या भएको जानकारी आएपछि काठमाडौँ फर्काइएको नेता सुबास नेम्वाङले जानकारी दिए । उनले काठमाडौँबाट अर्को जहाज चढेर पुन जनकपुर जाने तयारीमा रहेको बताए । बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय