एक केजी सुनसहित रसुवामा एक महिला पक्राउ

काठमाडौं । रसुवागढी नाकाबाट एक केजी सुनसहित एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेकी छन्। शनिबार बिहान ११: २५ मा रसुवागढीस्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्‍त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो।चीनबाट नेपाल तर्फ पैदल आउँदै गरेकी उनको साथबाट लुकाई छिपाई ४ वटा टुक्रा पारी ल्याएको सुन फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस