एमाले अध्यक्ष ओली अमेरिकी सिनेटर होलेनको भेटवार्ता

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले भेट गरेका छन् । भेटमा होलेनले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार भएको भेटमा अमेरिकी सिनेटर होलेनले शान्ति प्रक्रियाका बाँकी काम कसरी अघि बढ्छ भनेर जिज्ञासा राखेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
‘नेपालको प्रक्रिया कसरी के हुन्छ भन्ने विषयमा जिज्ञासा रहेको थियो । दुई देशबीचमा रहेको सम्बन्ध अझै समुधुर हुँदै गएकोमा उहाँको आशावादी टिप्पणी थियो,’ नेम्वाङले भने । जवाफमा ओलीले शान्ति प्रक्रिया आफू नेतृत्वको सरकारको पालमा सुरु भएकाले टुंगोमा पुर्याउने प्रयास गरेको कुरा प्रष्ट राखेको नेम्वाङले बताए । अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्ने ओलीले बताएका थिए । भेटमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन ९एमसीसी०सँग भएको सम्झौता कार्यान्वयन सुरु भएकोमा अमेरिकी सिनेटर होलेनले खुसी व्यक्त गरेका थिए ।