कांग्रेस सहमहामन्त्री यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले घटनाबारे सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले जानकारी गराउन सरकारालाई निर्देश गरेका हुन् । त्यस्तै सभामुख घिमिरेले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।

प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए । यादवको अहिले राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । यस्तै, सांसदहरुले उपचारको अभावमा वालिकाको मृत्यु भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार साँझ निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस