सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा
बिहिबार, भाद्र २१, २०८० | १२:०२:४१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सुनुवाइ हुने भएको छ। मुद्दाको पेशी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा तोकिएको छ। यसअघि भदौ १० गते सुनुवाइका लागि मुद्दाको पेशी तोकिएपनि ुहेर्न नभ्याइनेु सूचीमा राखेको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले आजका लागि पेशी तोकेको थियो।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । लामिछाने एसिया कप खेलेर बुधबार स्वदेश फर्किएका छन्।