रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । त्यसपछि साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ । उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा आज बिहान ०७ः३० बजे निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस