सोमबार, बैशाख ०७, २०८३
एक लाख नक्कली नाेटसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीका अनुसार एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे ।

थापालाई स्वयम्भूमा नक्कली नाेटको कारोबार गरिरहेकाे अवस्थामा पक्राउ गरेकाे प्रहरीले जनाएको छ । थापाकाे साथबाट एक लाख (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएकाे छ । पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएकाे छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय