करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस