सुनसरीमा प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

विराटनगर । सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमामा रहेका प्रहरीमाथि आक्रमण भएको हो । लुटेरा समूहले प्रहरीको साथमा रहेको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेर लगेको छ ।

प्रहरीका अनुसार सुरुमा प्रहरीलाईं काठको चिर्पटले प्रहार गरेर घाइते बनाएपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी भएको थियो । तर प्रहरीभन्दा ठूलो समूह आक्रमणकारीको भएपछि हतियार र गोली लुटेर लगेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस