प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

काठमाडौं । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपल सरकारका परराष्ट्रमन्त्री, पूर्वपराराष्ट्र मन्त्रीहरुलगायतसँग छलफल गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान ९ बजेदेखि प्रचण्डले छलफल गरिरहेका हुन् । प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन् ।

उनी न्युयोर्कबाटै असोज ५ गते बेइजिङ जाने तयारी छ । सोही कारण चीन भ्रमणमा सरकारले उठाउनुपर्ने एजेन्डाका विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् । प्रचण्डले आइतबार साँझ परराष्ट्रविद्हरूसँग चीन भ्रमणको तयारीबारे छलफल गर्ने कार्यक्रम छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय