एमाले सचिवालय बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ । सचिवालय बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । संविधान सभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको हो ।

सचिवालय बैठकमा यसअघि नेम्वाङ बस्ने गरेको कुर्सीमा माला राखिएको तस्बिरमा देखिन्छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ । आज बिहान हटट्याकबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस