विदेशबाट आइपुगे नेम्वाङका दुबै छोरा, भोलि दाहसस्कार

काठमाडौं । दिवंगत संविधानसभाका अध्यष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा काठमाडौं आईपुगेका छन् । बुबाको अन्तिम संस्कारका लागि दुबै छोरा विदेशबाट फर्किएका हुन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज काठमाडौं आईपुगेका हुन् । कान्छा छोरा भने अष्टे«लिया घुम्न गएका थिए भने जेठो छोार भने बेलायतमै बस्दै आएका थिए ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् । काठमाडौं आईपुगेपछि दुबै छोराहरुले ललितपुर च्यासलस्थित एमाले मुख्यालयमै पुगेर बुबाप्रति श्रद्दान्जली दिएका छन् । नेम्वाङको पार्थिक् शरिरलाई अब एमाले मुख्यालयबाट उनकै निवास बालुवाटार लगिने र आज त्यही जातिय परम्परा अनुसारका सस्कार गरिने भएको छ । त्यसपछि भोलि बिहान ११ बजे नेम्वाङको राजकीय सम्मानका साथ अत्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस