बलात्कार आरोपी सिद्धबाबाले पाए सफाइ

विराटनगर । बलात्कार आरोपी सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। उनीमाथि आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको थियो । सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने फैसला गरेको अदालतका तहसिलदार भरतमणि पोखरेलले जानकारी दिए ।

सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो। इजलासले गिरीविरूद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला गरेको हो । चतराधामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो। मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस