राम्रो काम गर्न खोज्दा खुट्टा तान्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राम्रो काम गर्न खोज्दा खुट्टा तान्ने प्रयास भइरहेको बताएका छन् । ‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा सञ्चालक संस्था डिजिटल हाउस प्रालिको आयोजनामा भएको कन्क्लेभमा प्रधानमन्त्री दाहालले काम गर्दा खुट्टा नतानी सहयोग गर्न आग्रह गरे । ‘मैले जनताको गुनासो सुन्ने प्रभावकारी माध्यम हेलो सरकारलाई प्रभावकारी सञ्चालनमा ल्याएको छुँ । व्यवस्थापन गरेको छुँ । अन्य धेरै काम भएका छन् । जसले सकारात्मक संकेत देखाएका छन् । तर राम्रो गर्न खोज्दा खुट्टा तान्ने काम भइरहेको छ । म खुट्टा नतान्न सबैमा आग्रह गर्दछु । सबैलाई उज्यालो हेर्ने आशावादी बन्न आग्रह गर्छु ।’ उनले यसवर्ष बजेट निर्माणमा उच्च प्राथमिकतामा उत्पादन र रोजगारीको पाटोलाई राखेको बताए । समृद्धि, सम्भावना र चुनौतीलगायतका बिषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले बजेट कार्यान्वयनमा भने आफैँ सन्तुष्ट नरहेको बताए।

प्रधानमन्त्री दाहालले बजेटमा निजी क्षेत्रको सुझाव नसमेटिएको भन्ने कुराको जवाफ दिँदै पुँजी निर्माण र मौद्रिक नीतिमा धेरै छलफल गरेर मात्र निष्कर्षमा पुगिएको बताए। वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र डामाडोल थियो। तर अहिले धेरै सुधार आएको छ। तैपनि यत्तिले पुग्दैन। सुधारका पहल भइरहेको छ।’ उनले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताए । कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान बनाइएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस