प्रतिनिधिसभा बैठक बस्दै, नेम्वाङको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी गराइने

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची तयार पारेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने पहिलो कार्यसूची तय भएको छ । त्यसैगरी संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम संसदमा जानकारी गराउने सम्भावित कार्यसूची पनि आजको बैठकको छ ।

इलाम क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन पछि उक्त निर्वाचन क्षेत्रको सदस्य पद रिक्त रहेको जानकारी संसदमा गराउने कार्यसूची तय भएको हो । बिहिबार बसेको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यस्तै, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस