प्रधानमन्त्री दाहाल स्वास्थ्य परीक्षण गराएर आजै निवास फर्किने

काठमाडौँ । प्रधानमन्त्री स्वास्थ्य परीक्षण गराएर आजै निवास फर्किने भएका छन् ।

छातीमा समस्या भएपछि दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले आजै निवास फर्किने स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परिक्षणका लागि अस्पताल आउनु भएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ,’ स्वकीय सचिव मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता, चासो सहित स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस