डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।

डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा हालसम्म दुई हजार ५५३ जना संक्रमित भएका छन् ।

काठमाडौँ जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस