– बिजय भक्त श्रेष्ठ
जिवन यात्रा हो या यात्रा नै जिवन हो त म भन्दीन तर मान्छु कि जिवनमा अनेक यात्राका आरोह अवरोहको सामना गर्नुपर्ने हुन्छन् कुनै बाध्यताले कुनै चाहनाले । यात्रा एक होइन अनेक आइपर्छन जिवनमा । जवसम्म मृत्यु माथिको बिजय पाइरहन्छौ तवसम्म यात्रा र जिवन तथा जिवन र यात्राको साथ सम्वन्ध रहिरहन्छ । यस्तै एक सुखद चाहनाको मिठो यात्रा हो मिथिला सिकाई मेलाको यात्रा ।
जिवन यात्रा हो या यात्रा नै जिवन हो त म भन्दीन तर मान्छु कि जिवनमा अनेक यात्राका आरोह अवरोहको सामना गर्नुपर्ने हुन्छन् कुनै बाध्यताले कुनै चाहनाले । यात्रा एक होइन अनेक आइपर्छन जिवनमा । जवसम्म मृत्यु माथिको बिजय पाइरहन्छौ तवसम्म यात्रा र जिवन तथा जिवन र यात्राको साथ सम्वन्ध रहिरहन्छ । यस्तै एक सुखद चाहनाको मिठो यात्रा हो मिथिला सिकाई मेलाको यात्रा ।
बौद्धिकता शैक्षिकता र कला ( मिथिला शैक्षिक सिकाइ मेलाको नारा रहेको मिथिला शैक्षिक सिकाइ मेला पार्वती अनारवती तेतरीवती मा।वि, तारापट्टी धनुषामा माघ ५ गतेका दिन आयोजना गरिदा आगन्तुक सहभागिका रुपमा अवलोकन गर्ने अवसर पाएँ । यो अवसरका लागि छोरी प्रजिना प्रति अनुग्रहित छु । टिच फर नेपाल २०२२ को फेलो भएर २०७८ देखि छोरीले श्री मा।वि।मिथिलेश्वरमा अध्यापन गराउँदै आएकी थिइन् । २ वर्षको कार्यावधि हुँदो रहेछ । आगामी चैत्र महिनासम्म अध्यापन गराउने जिम्मेवारी रहँदो रहेछ ।
पहाडी जिल्लामा जन्मी हुर्की बढेपढेकी, मधेशमा पढाउन सिकाउन पुगेकी छोरीले टिच फर नेपालको फेलोको तालिमका दौरान धेरै कुरा सिकेको सुनाउथिन् । आत्मविश्वास बढेको बताउथिन् । पछि मधेशको रहन सहनमा अभ्यस्त हुन पनि सिकिन् । हरेक घटना सन्दर्भहरुका बारेमा आफ्नो बुझाई र अनुभुति सुनाउथिन् । गर्मीको परवाह नै भएन । सामाजिक साँस्कृतिक भिन्नतामा पनि घिस्रिदै बामे सर्दै सिक्दै बुझ्दै विद्यार्थी भाइबहिनीहरुको दिदी मिस भएर प्यार भरोसा पाइन् । मान्यवर सरकारी शिक्षकहरु , जनप्रतिनिधिहरु र स्थानीय अभिभावकहरु संगको भलाकुसारी साथ संगतबाट संघर्षका पाइलाहरु नडग्मगाउने हिम्मत बटुलेकी छोरीले सिकाई मेला हुनेवाला छ भनेर सुनाए देखि नै मेला हेर्न पुग्ने अठोट लिएको थिएँ ।
माघ ४ गतेको सुनौलो विहानीसंगै काभ्रेपलाञ्चोक पनौती ९ बाट युनीकन मोटरसाइकलमा शान्ती साथमा शुरु भएको सवारी कुशेश्वर महादेव, सेतीदेवी दर्शन गर्दै रामेछापको मन्थलीमा बहिनी निर्मलाकोमा खाना खाइवरी सिन्धुली माढीबजार स्थित आफ्नै घरमा खाजा खान पुग्यौं । त्यहाँबाट बर्दीबासमा साथी महेशलाई भेटीवरी जनकपुरधाम स्थित गंगा सागरमा महाआरती अवलोकन गरि जानकी मन्दीरको आरती समेत भ्याई भुतनाथ बाबाको मन्दिर दर्शन गरि मारवाडी सेवासदनमा खानपीन गरि नजिकको चन्दन होटलमा रातीको विश्राम लिइयो । कुनै थकान महशुस भएन । सायद छोरीको प्यार, देवीदेवस्थलको भ्रमण र आरतीमा सहभागिता र विगत केहि वर्ष अघिदेखिको जेष्ठ नागरिकहरुसंगको सानिध्यता र देवदेवस्थल पुग्दा गरिने वहाँहरुको संझनाले पनि उर्जा दिइरहेको थियो । मन आनन्दीत थियो । मस्त निदाइयो ।
माघ ५ गते विहान पुनः जानकी मन्दीर, विवाहमन्डप, राम मन्दीर, राजदेवी मन्दीर र भुतनाथ बाबाको मन्दीर पुगियो । जनकपुर जाँदा प्राय यि ठाउँहरु जो कोहि पुग्छन् पुग्नु नि पर्छ । म भन्छु भुतनाथ बाबा त छुटाउनु नै हुन्न । श्मसान घाट रहेको मन्दीर परिसरमा रहेको बगैचा, सुन्दर कलायुक्त मन्दीर र जीवनस्पर्शी उक्तीहरु उल्लेखित भित्तेलेखनले मन पुलुकित बनाउँछ । छोरीले पटक पटक फोन गरि रहिन् । १० बजेदेखिको कार्यक्रम तय भएकोमा केहि ढिलाई हुने हुँदा अलि ढिलै आउदा नि हुन्छ भन्दैथिइन् छोरी । हामी धनुषाधाम पुगेर आउँदा ठिकै हुन्छ भनि त्यहाँ पुगिवरी फर्कि कार्यक्रमस्थल प्रवेश गर्यौ ठिक सवादशमा । छोरी र छोरीका साथीहरु भेट्यौं ।
विद्यालयको प्रांगण भरिभराउ थियो विद्यार्थीहरुले, झकिझकाउ थियो विद्यार्थीहरुको बौद्धिकता शैक्षिकता र कलाले । ७ विद्यालयका ३२ स्टलहरु थिए । एक एक गरि सबैको अवलोकन गरियो । कल्चरल गाउँ, अयोध्यायमा निर्मित राम मन्दीर, सफा र व्यवस्थित शहर, इनर्जीको उत्पादन व्यवस्थापन सहितको नमुना बस्ती, कृषी खेती पशुपालनको व्यवस्थापन सहितको नमुना गाउँ, सुन्दर विद्यालय , विज्ञान र गणितको प्रयोगात्मक नमुना लगायत महिनावारी हुँदा लगाउन सकिने रि युजेवल सेनेटरी प्याड निर्माण प्रदर्शनी समेतमा बालबालिकाहरुको उत्साहजनक प्रस्तुती जाँगर र मुहारको चमकले दिलखुश भयो । छोरीका विद्यार्थीहरु नजिकिदा, छोरीका साथीहरुले बिजयवावुको बारेमा धेरै सुनेको छु भनि अभिवादन गर्दाको सुखदानुभुतीले चेहरामा चमक दिइरह्यो ।
जव छोरी स्टेजबाट औपचारिक कार्यक्रम शुभारम्भको संकेत गर्दै उद्घोषण भुमिकामा उभिइन् छोरीलाई हेरी रहें सुनी रहें । जन्मदा देखि साथैसंगै रहि गुहु मुत सिंगान पुछेर स्याहार गरेको सानो शिशु आज हजारौं मान्छेहरुको सामुन्ने साडी ब्लाउजमा सजिएर मिथिला विहारी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, निर्वाचित जनप्रतिनिधिहरु, शिक्षकहरु, विद्यार्थीहरु , अभिभावकहरु र पत्रकारहरु समेतको उपस्थिति रहेको विशाल कार्यक्रममा टिच फर नेपालका प्रमुख र अन्य जिम्मेवार पदाधिकारीहरु एवं फेलो साथीहरुको भरोसा र विश्वासलाई ढुक्क भएर मुर्तरुप दिइ रहिन् । प्रश्ट वजनदार बोली र हँसिलो मुहार सहित सहयात्री उद्घोषकसंगको समन्वय र समझदारीपुर्ण प्रस्तुतीले कार्यक्रमको शान बढीरहेको महशुस भएको थियो ।
अतिथि वक्ताहरुबाट पनि दिल खुलेर प्रशंसा गरेको सुनियो । कार्यक्रमको आवश्यकता औचित्यता सिद्ध सावित भएको र आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुको विस्तार गर्न सम्वन्धित सरोकारवालाहरु प्रतिवद्ध कटिवद्ध हुनुपर्ने तथा हुने बचनबद्धता देख्दा सुन्दा बच्चाहरु मोती झै चम्किएका थिए । शिक्षामा लगानी सुनौलो जिवनी चरितार्थ हुनेमा कोहि कसैको विवाद नै रहेन । वक्ताहरुले फेलोहरुका बारेमा निकै प्रशंसा गर्नुभयो । धेरै धेरै धन्यवाद र बधाईको ओइरो नै लाग्यो । सबका सब वक्ताहरु उक्त कार्यक्रमबाट अत्यन्त प्रभावित हुनुभएको बताउनु भयो । आगन्तुक अतिथिहरुले निकै अभिरुचीका साथ स्टलहरुको अवलोकन गर्नु र प्रस्तोता विद्यार्थीहरुबाट स्वस्फुर्त आफ्ना नमुनाहरुको सगर्व सचेततापुर्वक वर्णन गरिएको श्रव्यदृश्य देख्दा ति बौद्धिक शैक्षिक बालबालिकाहरुको कला क्षमताले भविश्यका आशाका किरणहरु जाज्वल्यमान भएको महशुस गरिरहें ।
सिकाई मेला हेर्दा सामान्य देखीए पनि त्यस्को संयोजन सञ्चालनका लागि टिच फर नेपालका फेलोहरु , सरोकारवाला सम्वन्धीत विद्यालयका विद्यार्थी , शिक्षक , अभिभावक र स्थानीय जनप्रतिनिधिहरुका अथक प्रयास मिहेनतले रंगिन बनेको मिथिला सिकाई मेलामा सहभागि हुन एक फेलोका अभिभावकको हैसियतमा जति उत्सुक थिएँ सहभागीता जनाइ रहँदा र कार्यक्रमको भव्य सभ्य सफलता देख्दा सुन्दा र उत्साहित बालबच्चाहरुको आन वान शानले गौरवान्वित बनायो ।
विहान सवादश बजेदेखि सवाचार बजेसम्म पार्वती अनावरवती तेतरीवती मा।वि।को प्राँगणमा आयोजित मेला हेरीवरी फोटोखिची हँसिलो मुहारमा विदाई मागि लिई सोहि दिन सिन्धुली माढीबजारमा पुगि बास बसियो । ६ गते विहान ६ बजे नै पुनः युनिकनमा यात्रा शुरु गर्यौं । सिन्धुलीगढी, कलाघर घुम्दै जाने हाम्रो सोच थियो तर सोच बदल्न विवश भयौं । झिसमिसे चिसोको परवाह नगरि हिजो र अस्तीका रमाइला उर्जाशील पलहरु सम्झदै न्यानो अनुभुती लिएर अघि हुँइकिरह्यौं । छोरी प्रजिना २ शैक्षिकसत्रका लागि धनुषामा रहँदा छोरी समेतको सक्रियतामा आयोजित मेलामा सहभागीता र छोरीलाई भेट्नका लागि गरिएको यात्रामा केहि वर्ष अघि छोरी असीम स्कुल पढ्दाका बखत एनसीसी तालिम अन्र्तगत २१ दिन नवलपरासीमा रहँदा उनीलाई भेट्न जाँदाको यात्रा समेत संस्मरण भइरह्यो । यि यात्राहरु छोरीहरु प्रति अभिभावकीय प्रेम आशिर्वादले भएका हुन् जसले छोरीहरुको मुहारमा झुल्कीएका कान्तीले हाम्रो मनमा हरपल शान्ती शान्ती शान्ती ।


















