कपेर महांकाल गढी तथा महांकाल थानको पुरातात्विक सांस्कृतिक अध्ययन महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका ५ मा रहेको कपेर महांकाल गढी तथा महांकाल थानको पुरातात्विक तथा सांस्कृतिक अध्ययन पुरातात्विक तथा सांस्कृतिक महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रबार सोही गढी क्षेत्रमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरुले सो गढीमा सेन वंशी सेना र गोर्खाली सेनाबीच ठूलो युद्ध भएको र अंग्रेजलाई उपत्यकामा रोक्नका लागि तयार पारिएको रणनीतिक महत्वको गढी भएको दाबी गरेका हुन् ।

बेथानचोक गाउँपालिका महाभारत पर्वत शृंखला अन्तर्गत सबैभन्दा उच्च भागमा रहेको पालिका रहेको, यस गाउँपालिका अन्तर्गत प्राचीन गुफा, ओडार, गढी, नारायणथान, महांकालथान, गणेशथान, कालीदेवी, सेतीदेवी, च्याल्टीदेवी आदि विभिन्न थान र तीसँग सम्बन्धित ऐतिहासिक एवं सांस्कृतिक महत्वले भरिएको पालिका रहेको–८ बेथान चोक नाम सम्बन्धि किंवदन्ती नाम नभएका धेरै थान भएकोले, सबै टाकुराहरूमा कुनै थान रहेको तर कुन शिखरमा कुन थान यकिन नभएकोले, नमोबुद्धको विचरण गरिरहने प्रिय स्थल तर तिनको थान नरहेको, भक्तपुरका राजा भूपतीन्द्र मल्ल चाँगुनारायणको दर्शन गर्न यस क्षेत्रमा आएका उक्त थानको नाम नराखिएको नाम नराखिएको थान भनीबेथान रहेको आदि भनाइ पाइने८ छ वटा वडामा विभाजित यस बेथानचोक गाउँपालिका अर्न्तगत वडा नं. ५ मा कपेर महांकाल गढी तथा सो गढीमा कपेर महांकालको थान अवस्थित (च्याम्राङहेसी, च्यामिंद्रावर्क, साविक दुखी)यस पालिकामा छरिएर रहेका सम्पदाकाहरुको बारेमा अभिलेखिकरण साथै विस्तृत अध्ययन नभएको, यहाँका हरेक सम्पदाको मौलिक इतिहास एवं भौतिक अभौतिक महत्व रहेको हरेक सम्पदाको विस्तृत अध्ययन एवं अनुसन्धान महत्वपूर्ण देखिएको छ ।
कपेर महांकाल गढी र महांकाल थानको संरक्षणका निम्ति गढीको माथिल्लो भागमा पुरिएर रहेको शिला स्तम्भको वैज्ञानिक अन्वेषण तथा उत्खनन् गरी विस्तृत अध्ययन गर्नसकिएमा नयाँ तथ्य पत्ता लगाउ सकिने आधार भेटिन्छ । ऐतिहासिक गढी एवं खाइको संरक्षण एवं सरसफाई गरी मौलिक स्वरुपमा राख्न जरुरी छ । पुरातात्विक ऐतिहासिक स्थलमा फलाम आदिको संरचना गाड्नु, जथाभावी संरचनाको निर्माण गर्न प्राचीन स्मारक ऐनविरुद्ध जानु मानिन्छ । यसले पुरातात्विक सम्पदाहरुमा प्रतक्ष असर पर्न जाने हुँदा कपेर महांकाल गढी क्षेत्रमा कुनै पनि प्रकारका संरचना नराख्न सुझाव गरिन्छ ।

संभव भएसम्म हाल यस गढीमा गाडिएका फलामे थाम बत्ती, झण्डा, बेञ्च जस्ता आधुनिक संरचनाहरु नराख्ने प्राचीन सम्पदाको निर्माण गर्दा सिमेन्ट, छड आदि बस्तु प्रयोग गर्न पाइदैन । हाल महांकालको मन्दिर बनिसकेको हुँदा नविन संरचनाको निर्माण गर्नु परेमा सिमेन्ट, छडको प्रयोग नगरी परम्परागत सामग्रीको प्रयोग गरी निर्माण गनु उचित देखिन्छ । गाउँपालिकाद्वारा आयोजना गर्ने विविध कार्यक्रमहरुमा कपेर महांकाल गढी तथा महांकाल थानको ऐतिहासिकता, यसको पुरातात्विक तथा सांस्कृतिक महत्वबारे अन्य पालिकाहरुमा जानकारी गराउन तथा विद्युतीय सञ्चारको माध्यबाट यसको प्रचार प्रसार गर्न सकिएमा यस क्षेत्रको महत्व बढी आन्तरिक र बाह्य पर्यटक बढ्ने संभावना पनि धेरै रहेको छ ।

कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले यो रणनीतिक महत्वको गढी हुन सक्ने स्थानीय किंवदन्ती रहेकोमा यसलाई व्यवस्थित अध्ययनबाट पुष्टि गर्न यो अध्ययन गराइएको जानकारी दिए ।

उनले हालसम्म चर्चामा नरहेको यो गढीको ऐतिहासिक महत्व पुष्टि भएपछि अब यसलाई संरक्षण गर्दै यसलाई सबैको पहिचानमा पु¥याउन गाउँपालिका तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै इतिहासविद् प्रा.डा. दिनेशराज पन्तले काठमाडौं उपत्यकामा मध्यकालदेखि नै पटकपटक पूर्वबाट आक्रमण हुने गरेको भन्दै पूर्वपट्टिको त्यो गढी वास्तवमै रणनीतिक महत्वको गढी रहेको बताए ।
यदि यस्तै गढी किल्लाहरू नभएको भए पृथ्वीनारायण शाहको पुनः एकीकरण सम्भव नभएको भन्दै कपेर महांकाल गढीको महत्व उपत्यकामा अंग्रेज सेनालाई प्रवेश गर्न नदिनको लागि तयारी अवस्थामा राखिएको सहायक गढी रहेको उनको भनाइ छ ।

प्रा.डा. मदनकुमार रिमालले अवस्थिति र भूगोलको आधारमा हेर्दा हरिहरपुर गढी दपेटेको खण्डमा अंग्रेज सेनालाई रोक्नका लागि यो व्यवस्थित गढीको निर्माण गरिएको देखिएको बताए ।

नेपाल उपत्यकामा भएका आधिकांश आक्रमणहरु पूर्वतर्फबाट हुने गरेकोले पूर्वतर्फ बलिया र महत्वपूर्ण गढीहरुको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको उनको भनाइ छ ।

यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुन सक्ने उनको अनुमान छ । सोही व्यवस्थित गढीलाई पछि अंग्रेज सेनाहरुले सेन सेनालाई जितेर हरिहरपुरको सहायक गढीको रुपमा विकास गरेको हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै, कपेर महांकाल हुँदै थाम डाँडा पुगेर दक्षिणपूर्वी भेगमा उपत्यकाले व्यापार गर्ने व्यापार मार्ग चल्ने गरेको पनि अध्ययनको क्रममा भेटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस