समाजसेवाको क्षेत्रका एक युवा नायक: निरंजन लम्साल

नेपालको संघीय संरचना अन्तरगत २ नं प्रदेश स्थित नेपालकै तराई क्षेत्रमा रहेको साविक नारायणी अंचल रौतहट जिल्लाको निजानन्द धाम नजरपुरमा माता सितादेबी लम्साल र पिता श्याम प्रसाद लम्सालको कोखबाट बि.स. २०४१ साल असार १२ गते जन्म लिनुभएका निरंजन लम्साल श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल काठमाडौ जिल्ला अन्तर्गत रहेको सितापाईला प्रा.स. को अध्यक्ष हुँदै अहिले श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल काठमाडौ जिल्ला समिति सदस्य, श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिती काठमाडौंका सदस्य, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मधेश प्रदेश समिति सदस्य तथा प्रदेशको सामाजिक सेवा विभाग प्रमुख हुँदै धार्मिक तथा सामाजिक सेवा गर्दै आएका छन्।
उनी लायन्स क्लबमा दुई कार्यकाल सचीव हुँदै फेरि लायन्स क्लब अफ काठमाडौ प्रणामी समाजको तृतीय,दोस्रो उपाध्यक्ष हुँदै वर्ष २०२३/२४ मा क्लब अध्यक्ष बन्न सफल हुनुभएको थियो। साथै बागमती क्षेत्रको ६२ भन्दा बढी क्लबमा जुन (june) महिनाको उत्कृष्ट क्लब अध्यक्षको उपाधी प्राप्त गर्नु भएको थियो। साथै उहांको कार्य दक्षताको आधारमा लायन्स क्लब्स इन्टरनेसनलले ड्रिष्ट्रिक्ट ३२५ एलमा एकैपटक रिजन चियरपर्सनको रुपमा वर्ष ०२४/०२५ मा नियुक्त गरेको थियो।
प्रस्तुत छ बेथानचोक खबर डट कमका लागि सन्तोष बजगाईले धार्मीक तथा सामाजिक ब्याक्तित्व निरंजन लम्साल सङ्ग गरेको कुराकानी……
• तपाईं अहिले के मा ब्यस्त हुनुहुन्छ?
म अहिले धार्मिक, राजनीतिक तथा सामाजिक कार्यहरुमा ब्यस्त हुँदै आएको छु।
• तपाईं निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्रीकृष्ण प्रणामी धर्ममा कहिले देखि आवद्ध रहनुभयो?
म जन्मजात देखि नै श्रीकृष्ण प्रणामी धर्ममा रहेता पनि म २०४१ साल देखि आवद्ध हुँदै आएको छु।
• तपाईं लायन्स क्लब अफ काठमाडौ प्रणामी समाजमा कहिले देखि आवद्ध रहनुभयो?
यो संस्था स्थापना कालदेखी तृतीय उपाध्यक्ष को रुपमा रहि बि.स २०७८ साल देखि यस संस्थामा आवद्ध हुँदै आएको छु। वर्ष ०२३/०२४ मा क्लब अध्यक्ष हुंदै अहिले २०२४/०२५ मा ड्रिष्ट्रिक ३२५ एल मा रिजन चियरपर्सनको रुपमा रहिआएको छु।
• तपाईं अब के गर्नु हुन्छ?
म मेरो पेशालाई निरंतरता दिदै म सामाजिक,धार्मिक र राजनीतिक कार्य लगायत अन्य समाजका सकारात्मक कार्यहरू सदैव अगाडि बढिरहने छु।
• तपाईले सितापाईलाको अध्यक्ष रहंदा के-के कामहरु गर्नु भयो?
म सितापाईला प्रा.स अध्यक्ष हुदा मधेस प्रदेश अन्तर्गत रहेका जिल्ला रौतहट, बारा, सर्लाही, महोत्तरी लगायतका सबै जिल्लाहरुमा शितलहर अति पीडित बर्गहरुलाई लक्ष्यित गरि आफ्नो ३ वर्षको कार्यकालमा रु ३८ लाख बराबर न्यानो कपडा, जुत्ता, म्याट, कम्मल लगायत सामाग्री हरु वितरण गरिएको थियो भने गण्डकी-लुम्बिनी संयुक्त प्रदेश अन्तर्गत रहेका गोरखा,तनहुँ र लमजुङ जिल्लामा रु ५ लाख बराबरको न्यानो कपडाहरु वितरण गरिएको थियो।
• तपाईं युवाहरूलाई के भन्नुहुन्छ?
म वर्तमान युवाहरुलाई आफ्नो अनुकुलता अनुसार अध्ययन, ब्यवसाय, सामाजिक र धार्मिक कार्यहरुमा अहिले देखि नै लाग्नको लागि आग्रह गर्दछु।
• तपाईलाई राजनीतिक दृष्टिकोण कस्तो लाग्छ?
सामाजिक रुपान्तरणका लागि नीति/नियममा रहेर राजनितिमा लाग्नुपर्छ । यसै क्रममा काठमाडौं जिल्ला अन्तर्गत रहेको नागार्जुन नगरपालिकाको नेपाली काङ्ग्रेसको नगर कार्यसमिति सदस्यको रुपमा कार्य गर्दै आईरहेको छु। साथै आफ्नो स्थानीय निकायमा भएका समस्याहरु समाधान गर्न प्रेरणा मिलेको छ।
• नेपालमा तिव्र रुपमा विकास गर्नका लागि नेपाल सरकार लाई के सुझाव दिनुहुन्छ?
स्थानीय, प्रदेश र संघ अन्तर्गत रहेका विभिन्न निकायमा भ्रष्टाचारलाई शुन्यमा लान सकियो भने र ईच्छा शक्ति तिव्र भएका नेतृत्व आएको खण्डमा देशले विकासको गति लिन्छ भनेमा म विस्वस्थ छु।
• अन्त्यमा के भन्नुहुन्छ?
अन्त्यमा बेथानचोक खबर डट कमलाई धन्यवाद । सर्वप्रथम त म तपाइको लोकप्रिय नेत्रवाण अनलाईन खबरमा मेरो अन्तर्वार्ता प्रकाशित गर्ने अवसर जुटाईदिनु भएकोमा आभार ब्याक्त गर्दै समाज उपयोगी हाम्रो सनातन धर्मको मूल्य मान्यतालाई पत्रिका मार्फत जन-जनमा पुर्याई एक सु-संस्कार युक्त, सात्विक , कर्मशील समाज रुपान्तरणको लागि सदा अग्रसर रहने प्रेरणा परब्रह्म परमात्मा अनादि अक्षरातित श्रीकृष्णजीले हामि सबैमा प्रदान गर्नुहुनेछ भन्ने परमार्थिक भावका साथ सबैमा धन्यवाद भन्न चाहान्छु।