हरिवंश आचार्य अभिनीत ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत सार्वजनिक

काभ्रे । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ ।

‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, आशिष अविरल र मेलिना राईको स्वर छ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

यो फिल्ममा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

कृष्ण थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्काको छ । ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय