बिहिबार, जेठ ०७, २०८३
धुलिखेल महोत्सवमा आज एलिना चौहान र उजन शाक्यको प्रस्तुती रहने

काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सव २०८२ मा आज एलिना चौहान र उजन शाक्यको दमदार धमाका प्रस्तुति रहने भएको छ ।

चौहानको पत्थरको मुटु, छुट्यो प्रेम, नाई बनिसी नाई, मायाको खेलाडी र कट्टा हानिदिन्छु जस्ता हजारौ चर्चित गीत छन् । त्यस्तै शाक्यको कुमारी र बेबी बेबी लगाएतको गीतहरु छन् ।

धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा एलिना चौहान र उजन शाक्य संगै बिभिन्न कलाकारको दमदार प्रस्तुति रहने छ ।

महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ  । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय