मंगलबार, फाल्गुण २६, २०८२
सारेगम लिटिल च्याम्प: संस्कार सापकोटाको अन्तिम चरणको भोट आग्रह

काठमाडौं। संगीतको पवित्र मार्गमा आफ्नो यात्रा जारी राख्दै सारेगम लिटिल च्याम्पको फाइनल चरणसम्म पुगेका नेपाली फाइनलिस्ट संस्कार सापकोटा ले देश-विदेशका दर्शक, शुभेच्छुक र समर्थकसमक्ष विशेष अनुरोध गरेका छन्।

फाइनल सम्मको यो सफलता सम्भव भएकोमा गुरुज्यू, परिवार, संस्था र शुभेच्छुकहरूको माया आशीर्वाद नै मुख्य प्रेरणा बनेको छ । उनले भने “सम्पूर्णमा मेरो नमस्कार। यहाँसम्म आइपुग्न सक्नु हजुरहरूको माया, सद्भाव र आशीर्वादकै परिणाम हो। अब अन्तिम विनम्र अनुरोध—कृपया फाइनल राउन्डका लागि मंसिर ७ गते दिउँसो १ बजेसम्म भोट गर्न नबिर्सिनुहोस्। हजुरहरूको भोट मेरो संगीतको पवित्र मार्गमा दिव्य प्रकाश झैँ प्रेरणा बनेको छ।”

कार्यक्रमका लागि नेपालबाट Khalti App मार्फत तथा अन्तर्राष्ट्रिय रूपमा khalti.com बाट भोट गर्न सकिने जानकारी पनि दिइएको छ।

संस्कार सापकोटा ले आफ्नो संगीत यात्रामा साथ, प्रेम र प्रेरणा दिँदै आएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर आशीर्वाद र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय