सोमबार, माघ २६, २०८२
अधिकांश उपसूचक घटे, सुपर माई हाइड्रोमा सकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ बिन्दुमा सीमित भएको हो ।

नेप्सेका अनुसार आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको छ ।

आज लगानी समूह ०.०८ प्रतिशत र अन्य समूह ०.४६ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ ०.१४, विकास बैंक ०.९२, वित्त ०.०१, होटल तथा पर्यटन २.१३, जलविद्युत् ०.३१, जीवन बीमा ०.७१ तथा उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशतले घटेका छन् । त्यसैगरी लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.६१, निर्जीवन बीमा ०.३२ र व्यापार समूह १.३० प्रतिशतले ओरालो लागेको छ ।

आज सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा कालिञ्चोक दर्शन लिमिटेड परेको छ, जसको शेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सुपर मार्दी हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहँदै रू ५६ करोड ३ लाख ४८ हजार १५५ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय