मंगलबार, माघ २७, २०८२
एक करोड २२ लाखभन्दा बढी मतपत्र छपाइ पूरा, आयोग

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएको छ। ती जिल्लाका १०० निर्वाचन क्षेत्रका लागि एक करोड २२ लाखभन्दा बढी मतपत्र छापिएको छ।

सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार छपाइ सकिएका जिल्लाका मतपत्र प्याकिङको कामसमेत पूरा भइसकेको छ। हालसम्म १० हजारभन्दा बढी बाकस मतपत्र तयारी अवस्थामा राखिएको छ।

समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय