काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न जिल्लाबाट १४ जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट ट्रामाडोल, स्पास्पेन र खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानबाट मात्रै ट्रामाडोल ट्याब्लेटसहित छ जनालाई पक्राउ गरिएको छ। त्यसैगरी कैलालीका लम्की, टीकापुर र धनगढीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।
मोरङ र सुर्खेतमा गरिएको कारबाहीमा पनि ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























